वीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान–१६ सुनसरीका ८१ वर्षीय वृद्धाको मृत्यु भएको हो ।

उच्च रक्तचापकी दिर्घरोगी ती वृद्धामा असोज १९ गते कोरोना पुष्टि भएको थियो । उनको आज (शुक्रबार) दिउँसो २ बजे मृत्यु भएको सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया