नेकपा बहुमत सचिबालयको अनौपचारिक बैठक शुरु

काठमाडौं । पार्टीभित्रको पछिल्लो अन्तरविरोध हल गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठक सुरू भएको छ ।

पार्टी मुख्यालय धुम्बराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरू भएको बैठकमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन् ।

पार्टीका अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली सहित चार जना उपस्थित छैनन् । ९ सदस्यीय सचिवालयका ४ जना प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् सचिवलाय सदस्य ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी छैनन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अनौपचारिक बैठकका लागि सचिवालयका ९ जनालाई नै बैठकमा बोलाइएको बताएपनि ४ जना उपस्थित छैनन् ।

सचिवालय सदस्य रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई सचिबालयको बैठकको खबर पुगे पनि मन्त्रालयको कार्य व्यस्तताले जान नपाएको बताइएको छ ।

प्रतिक्रिया