कांग्रेस ६ केन्द्रीय सदस्यलाई कोरोना पोजेटिभ

काठमाडौं । नेपाली कांग्रेसका ६ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण भएको छ । कांग्रेसका ५ केन्द्रीय सदस्य तथा एक आमन्त्रित केन्द्रीय सदस्यलाई कोरोना पोजेटिभ भएको हो ।

कांग्रेस सांसद केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडु, केन्द्रीय सदस्य तथा सांसद सुरेन्द्र पाण्डे, सांसद सुजता परियारलाई पनि कोरोना पोजेटिभ भएको छ ।

यसैगरी केन्द्रीय सदस्य किरण यादव, मोहम्मद नसिर सिद्धिकी तथा आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।

कार्तिक १६ गते कोरोना पोजेटिभ भएका सांसद बडु हाल होम आइसोलेसनमा छन् । उनको स्वास्थ्यमा खासै समस्या छैन । पार्टीको विभिन्न भर्चुअल गतिविधिहरुमा उनले सहभागिता जनाइरहेका छन् ।

सांसद पाण्डे, परियार पनि अहिले होम आइसोलेसनमा छन् । अन्य तीन जना केन्द्रीय सदस्यहरुपनि होम आइसोलेसनमा रहेका छन् । पोजेटिभ भएका ६ जनालाई कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य लाभको कामना गरेका छन् ।

कांग्रेस नेता पूर्वमन्त्री मीन विश्वकर्मा कोरोना संक्रमणबाट गम्भिर भएर ग्राण्डी अस्पतालको भेन्टिलेटरमा उपचाररत छन् । उनको अवस्था सुधारोन्मुख छ ।

प्रतिक्रिया