काठमाडौं उपत्यकामा थपिए १३९८ कोरोना संक्रमित

काठमाडौं । आज (बिहीबार) काठमाडाैं उपत्यकामा एक हजार बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा उपत्यकामा १ हजार ३९८ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार ९१, ललितपुरमा १६० र भक्तपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको हाे ।

काठमाडौंमा मात्र हालसम्म १६ हजार ३३१ सक्रिय कोरोना संक्रमित रहेका छन् भने २५९ जनाको मृत्यु भएको छ । यस्तै भक्तपुरमा हालसम्म १ हजार २४८ र ललितपुरमा दुई हजार २७६ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया