पशुपतिमा महराले गरे पत्नीकाे अन्तिम बिदाइ, काजकिरिया दाङमा

काठमाडाैं । पूर्वसभामुख कृष्णबहादुर महराले पत्नी सीताकाे पार्थिव शरीरमा माला अर्पण गरी अन्तिम बिदाइ गरेका छन् ।

महरा पत्नी सीताकाे काेराेना संक्रमणबाट काठमाडाैंकाे नर्भिक अस्पतालमा मृत्यु भएकाे थियाे । उनकाे शव नेपाली सेनाले व्यवस्थापन गर्दैछ । व्यवस्थापनअघि पूर्वसभामुख महराले पशुपति आर्यघाटमा पत्नीलाई अन्तिम बिदाइ गरेका हुन् ।

महरा परिवार आज नै दाङ जाँदैछन् । छोरा एटमको घरमा काजकिरिया गर्ने उनीहरूको तयारी छ ।

सीतालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिपछि १४ कार्तिकमा हेलिकोप्टरमा दाङबाट काठमाडौं ल्याइएको थियो । उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार हुँदै थियो । उनी माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् ।

प्रतिक्रिया