अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्प र बाइडेनबीच कडा टक्कर, काे बन्ला राष्ट्रपति ?

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावको पछिल्लो समयको मतपरिणाम अनुसार दुवै उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्पबीच कडा टक्कर देखिएको छ । उम्मेदवारलाई व्हाइट हाउसमा पुग्न २७० इलेक्टाेरल कलेजकाे भाेट आवश्यक छ ।

ट्रम्पले अहिलेसम्म २१ राज्यमा आफ्नो कडा पकड बनाएका छन् । तीमध्ये जीतका लागि आवश्यक राज्य टेक्सास र फ्लोरिडा पनि समावेश छ । एरिजाेना राज्यमा भने बाइडेनले जित्न सक्ने अनुमान लगाइएकाे छ ।

अमेरिकामा रिपब्लिकनहरूलाई परम्परावादी र डेमोक्रयाटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ । अमेरिकामा कुल ५३८ वटा इलेक्ट्रोरल कलेज मतमध्ये जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई विजयी भएको मानिन्छ ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि मतदानमा हिलरी क्लिन्टनले धेरै मत पाएपनि इलेक्ट्रोरल कलेजको मत डोनल्ड ट्रम्पले धेरै पाएर राष्ट्रपतिमा निर्वाचित भएका थिए । अमेरिकामा हरेक चार चार बर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरीमा २० तारिखमा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया