लिभरपुलको जितमा डिओगो जोटाको ह्याट्रिक, सिटीको तेस्रो जित

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले एटलान्टामाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले एटलान्टालाई ५-० गोल अन्तरले पराजित गरेको छ ।
लिभरपुलको जितमा डिओगो जोटाले ह्याट्रिक गरेका छन् भने मोहमद सलाह र साडियो मानेले एक एक गोल गरेका थिए । यो जितपछि लिभरपुलले समुह डी अन्तर्गत अहिलेसम्म खेलेका ३ खेलमा तिनैमा जित हासिल गर्दै ९ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै एटलान्टाको ३ खेलमा ४ अंक रहेको छ भने अंकतालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै यस समुहमा आयाक्सको ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
सिटीको लगातार तेस्रो जित
प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले तेस्रो खेलमा सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा सिटीले ओलम्पिकोमाथि ३-० गोलको सहज जित निकालेको हो । जितसँगै सिटीले ३ खेलबाट ९ अंक जोडेको छ । सिटी समूह सीको शीर्ष स्थानमा छ । पराजित ओलम्पिको ३ अंकसाथ तालिकाको तेस्रो स्थानमा छ ।








