साल्जवर्गमाथि बायर्न म्युनिखको आधा दर्जन गोल
२०७७ कार्तिक १९ गते

काठमाडौं । साबिक विजेता वार्यनले च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको दोस्रो खेलमा सानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा वायर्नले आरबी साल्जवर्गमाथि ६-२ गोलको सानदार जित निकालेको हो ।
बायर्नका लागि रोबेर्ट लेवानडोस्कीले २ गोल गरे भने लिरोय साने, जेरोमे बोटयांग र लुकास हर्नान्डेजले एक एक गोल गरेका थिए । साल्जवर्गका रासमस क्रिस्टेनसेनले एक गोल आत्मघाती गरेका थिए ।
त्यस्तै साल्जवर्गले दुई गोल फर्काएको थियो । जसमा मेर्गिम मेरिशा र मासया ओकुगावाले एक एक गोल गरेका थिए ।
यो जितपछि समुह ए मा बायर्नले अहिलेसम्म खेलेका तिनै खेलमा जित निकाल्दै ९ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै साल्जवर्गको भने ३ खेलमा एक अंक मात्र रहेको छ ।
२०७७ कार्तिक १९ गते
प्रतिक्रिया
सम्बन्धित








