च्याम्पियन्स लिगः रियलको रोमाञ्‍चक जित, एट्लेटिको बराबरीमा रोकियो

काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले इन्टर मिलानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले इन्टर मिलानमाथि ३-२ गोल अन्तरले जित निकालेको हो ।

रियलको जितमा रोड्रीगोले खेलको ८०औ मिनेटमा निर्णायक गोल गरेका हुन् । २-२ गोलको बराबरीको अवस्थामा रोड्रीगोले गोल गर्दै रियललाई च्याम्पियन्स लिगको यस सिजनमा पहिलो जित दिलाएका हुन् ।

यस अघि रियलका लागि करिम बेन्जमा र सर्जियो रामोसले एक एक गोल गरेका थिए । त्यस्तै इन्टर मिलानका लागि लाउतारो मार्टिनेज र इभान पेरिसिकले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको समुह बि मा ३ खेलमा ४ अंक भएको छ भने इन्टर मिलानको ३ खेलमा २ अंक रहेको छ । यस समुहमा बोरुसिया एम ग्लाडवाचको ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा छ भने शख्तर डोनेटस्कको ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।एट्लेटिकोले बराबरी खेल्यो
स्पेनिस क्लब एट्लेटिको मड्रिडले लोकोमोटिभ मोस्कोसँग १-१ गोलको बराबरी खेलेको छ । मोस्कोको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले बराबरी खेल्दै एक-एक अंक बाँडेको हो ।

समूह ए अन्तर्गतको खेलमा एट्लेटिकोले लिएको अग्रता जोगाउन नसक्दा बराबरी खेल्न पुगेको हो । पहिलो हाफको १८औं मिनेटमा एट्लेटिकोका लागि जोसे जिमेन्जाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । २५औं मिनेटमा मोस्कोका लागि एन्टोन मिरान्चुकले गोल गर्दै टिमलाई बराबरी दिलाए ।

बाबरीसँगै एट्लेटिकोले तीन खेलबाट ४ अंक जोडेको छ । एट्लेटिको तालिकाको दोस्रो स्थानमा छ । पराजित मोस्को दुई अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया