लमही नगरपालिका र अस्पताल एक साताका लागि बन्द
२०७७ कार्तिक १८ गते

देउखुरी । दाङको लमही नगरपालिकास्थित लमही अस्पताल आजदेखि सात दिनलाई बन्द गरिएको छ ।
अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द भएको जनाइको छ ।
अस्पतालका कर्मचारीमा गत सोमबार कोराना पुष्टि भएकाले उनीहरुको सम्पर्कमा रहेका कर्मचारीको पिसिआर परीक्षण गर्नका लागि सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा आकाश बेल्बासेले जानकारी दिए।
यसैगरी जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि लमही नगरपालिका कार्यालय बन्द गरिएको छ । यही कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको नगर प्रमुख कुलबहादुर केसीले सूचनामार्फत जानकारी गराएका छन् ।
२०७७ कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित








