असल श्रीमानको खोजीमा १० पटक बिहे, अझै जीवनसाथीको खोजी

एजेन्सी । अमेरिकामा एक महिलाले असल जीवनसाथीको खोजीमा १० पटक बिहे गरिसकेकी छन् । तर उनी आफ्नो प्रफेक्ट लाइफ पार्टनर भेटाउने आसमा अझै जीवन साथी खोजी रहेकी छन् ।

५६ वर्षीया क्यासीको सबैभन्दा लामो विवाह आठ वर्ष सम्म टिक्यो । उनको सबैभन्दा कम समयसम्म रहेको वैवाहिक सम्बन्ध छ महिनाको थियो। अब, उनले आफ्नो १० औँ पतिसँगको सम्बन्ध समाप्त गरिरहेकी छन्। क्यासीको पहिलो वैवाहिक सम्बन्ध आपसी समझदारीमै टुङ्गिएको थियो ।

१० पटक बिहे गर्दा पनि असल लोग्ने पाउन नसकेपछि आफ्नो लागि ‘मिस्टर राइट’ को खोजी पुनः सुरु गरेको उनले बताइन् । अमेरिकाको चर्चित टेलिभिजन शो डा. फिल शोमा उनले आफ्नो बारे खुलासा गरेकी हुन् ।

१० पटक बिहे गर्ने क्रममा आफूले निकै धेरै उतारचढाव व्यहोरेको उनी बताउँछिन् । १० पटक बिहे गर्नु आफ्ना लागि गर्वको विषय नभए तापनि आफू दुःखी पनि नरहेको उनको भनाइ छ । सम्बन्ध अगाडि बढ्न नसक्ने अवस्थामा पुगेपछि आफू घिसिपिटी गरेर नबस्ने र डिभोर्सको निर्णय लिइहाल्ने बानी उनको छ । उनले लोग्नेसँग सीधै ‘म खुसी छैन, मलाई डिभोर्स चाहियो’ भनेर भन्छिन् ।

उनको पहिलो विवाह ८ वर्ष, दोस्रो ७ वर्ष र तेस्रो अढाई वर्षसम्म चल्यो । त्यस क्रममा उनको एउटा छोरा पनि जन्मिएको थियो । एजेन्सी

प्रतिक्रिया