जुवा खालबाट १२ पक्राउ : दुई लाख बरामद
२०७७ कार्तिक १६ गते

मध्यपुरथिमि । भक्तपुर नगरपालिका–१० कमलविनायकमा माधव सुवालका घरमा जुवा तास खेलिरहेका अवस्थामा प्रहरीले आज १२ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीको टोलीले सुवालसहितलाई पक्राउ गरेको हो ।
प्रहरी परिसर भक्तपुरका अनुसार जुवाखालबाट प्रहरीले रु एक लाख ९० हजार ५०० बरामद गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
२०७७ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित








