काठमाडौं उपत्यकामा १६२२ जनामा काेराेना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६२२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

काठमाडौंमा १ हजार ३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले आज (आइतबार) को प्रेस ब्रिफिङका क्रममा जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२४ कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया