काठमाडाैंकाे तीनकुने पुलमुनि फेला पर्याे पुरूषकाे शव

काठमाडाैं । काठमाडौंको तीनकुने पुलमुनि एक पुरूषकाे शव फेला परेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीका अनुसार आन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हाे । मृतक पुरूषकाे सनाखत हुन सकेको छैन ।

उनकाे मृत्यु केही दिनअघि नै भएकाे पत्ता लागेकाे छ । हत्या वा अरु के कारण मृत्यु भएकाे भन्नेबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । मृतककाे शरीरमा सुन्तले कलरको टिसर्ट र कालो हाफ पेन्ट छ ।

प्रतिक्रिया