आइतबार थपिए २ हजार ८२४ संक्रमित, थप २३ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८२४ जना संक्रमित थपिएका छन् । यस्तै २ हजार २६४ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २३ संक्रमितको मृत्यु भएको छ ।

योसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । संक्रमितमध्ये १ लाख ३४ हजार ८४२ जना डिस्चार्ज भइसकेका छन् । मृतक संख्या ९६० पुगेको छ ।

३७ हजार ७६५ सक्रिय संक्रमितको उपचार भइरहेको छ । २ हजार ३८६ क्वारेन्टिनमा रहेका छन् । 

प्रतिक्रिया