कोरोना संक्रमणबाट कांग्रेस महासमिति सदस्य मण्डलको मृत्यु

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको मृत्यु भएकाे छ ।

बाराको आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डलको काठमाडौंको नर्भिक अस्पताल लैजाने क्रममा आइतबार बिहान निधन भएको हो । उनीमा शनिबार काेराेना संक्रमण पुुष्टि भएकाे थियाे ।

उनलाई श्वासप्रश्वासमा समस्या आएपछि कोल्हवीकै स्वास्थ्य संस्थामा तीन दिनदेखि गरिएकाे थियाे । काेराेना पुष्टि भएपछि थप उपचारका लागि नर्भिक लैजाँदै गर्दा उनकाे बाटाेमै मृत्यु भएकाे हाे ।

प्रतिक्रिया