काेराेना संक्रमणबाट सुर्खेत, झापा र बाँकेमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट पछिल्लो २४ घण्टामा सुर्खेत, झापा र बाँकेमा ६ जनाको मृत्यु भएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका– १२ का ३२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएकाे प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएकाे हाे । ती युवकको तीन दिनअघि कोरोना परीक्षण गरिँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै झापामा कोरोना संक्रमणबाट थप तीन जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक/एक जना पुरुष रहेका छन् ।

दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुष, कमल गाउँपालिका–५ मङ्गलबारेका ७२ वर्षीय खरेल थरका एक वृद्धको  र गौरादह–४ मिलन चोकका ७४ वर्षीय वृद्धकाे मृत्यु भएकाे हाे । योसँगै झापामा संक्रमित मृतक संख्या ४३ पुगेको छ ।

यसैगरी बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिला र टीकापुर नगरपालिका–१ कैलाली निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हाे ।

प्रतिक्रिया