कारको ठक्करबाट खैरहनिमा एक जनाको मृत्यु

चितवन । पूर्व पश्चिम राजमार्गमा अन्तर्गत चितवनको ज्यामिरेमा कारको ठक्करबाट शुक्रवार एक जना पैदल यात्रीको मृत्यु भएको छ।

चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरेमा बा १२ च ३१७७ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिँदा खैरहनी नगरपालिका– २ की ५० वर्षीय बुद्धिमाया दराईको मृत्यु भएको हो ।

ठक्करबाट घाइते भएकी दराइको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया