सिद्घार्थ बैंकको क्रेडिट कार्ड अब अनलाईनबाटै

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहक महानुभावहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले २०७७ कार्तिक १३ गते देखि अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ ।

अब क्रेडिट कार्डका लागि ग्राहकले भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट क्रेडिट कार्ड आवेदन दिन सक्नुहुनेछ । यसका लागि ग्राहकले बैंकको वेबसाइट (Banking service > Apply Online > Credit Card Application) वा ”https://onlinecreditcard.siddharthabank.com/”  मा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सकिने छ । आवेदन दिए पश्चात क्रेडिट कार्ड स्वीकृत गर्नुपूर्व बैैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्र्पक गर्न सक्ने छ । साथै, कार्ड तयार भईसके पश्चात ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्ने छन् ।

बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया