नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्ताे बताएका हुन् ।

उनले देशको स्वतन्त्रता/अस्तित्वबारे समयमै सचेत बन्न आग्रह समेत गरेका छन् ।

नेता थापाले फेसबुकमा लेखेका छन्- ‘भारत र चिनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो । तर, सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ । देशको स्वतन्त्रता/अस्तित्ववारे समयमै सचेत बनौँ ।’

प्रतिक्रिया