काेराेना संक्रमणबाट रूपन्देहीमा थप एक जनाकाे मृत्यु

बुटवल । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट रूपन्देहीमा थप एक जनाकाे मृत्यु भएकाे छ ।

बुटवल उपमहानगरपालिका-८ का ५५ वर्षीय पुरूषकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे हाे । उनीमा कात्तिक १ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । काेराेना संक्रमण पुष्टि भएपछि उनलाई साेही दिन बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा भर्ना गरिएकाे थियाे ।

उपचारका क्रममा उनकाे शुक्रबार बिहान ८ बजे मृत्यु भएकाे हाे । उनी उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगी थिए ।

प्रतिक्रिया