काठमाडौं उपत्यकामा बिहीबार थपिए १, ६१५ जना संक्रमित

काठमाडौं । आज (बिहीबार) काठमाडाैं उपत्यकामा १ हजार ६१५ जना काेराेना संक्रमित थपिएका छन् । काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे हाे ।

काठमाडौं जिल्लामा हालसम्म ५९ हजार २३४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । संक्रमितमध्ये ४२ हजार ५०४ जना  निको भएका छन् भने २०९ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ५२१ जना रहेका छन् ।

यस्तै ललितपुरमा कुल ८३५० संक्रमितमा ५८२२ जना निको भएका छन् भने ५८ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २४७० रहेको छ । यता भक्तपुरमा कुल ५५१९ संक्रमित भएकमा ४३८३ निको भएका छन् र ६१ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १०७५ रहेको छ ।

बिहीबार देशभरमा भने २३६४ जना संक्रमित भेटिएका छन् भने ३ हजार ३८ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया