पछिल्लो २४ घण्टामा थपिए २ हजार ३६४ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३६४ संक्रमित थपिएका छन् भने ३ हजार ३८ जना डिस्चार्ज भएका छन् ।

यस्तै पछिल्लाे २४ घण्टामा थप १७ जनाकाे मृत्यु भएकाे छ ।

आजको थप अपडेटसँगै देशभर काेराेना संक्रमितकाे संख्या १ लाख ६४ हजार ७१८ पुगेकाे छ । संक्रमितमध्ये १ लाख २४ हजार ८६२ जना डिस्चार्ज भइसकेका छन् । आजसम्म ९०४ जनाकाे मृत्यु भएकाे छ ।

२ हजार ६८९ जना क्वारेन्टिनमा छन् भने ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया