खाेलामा डुबेर तीन जनाकाे मृत्यु

काठमाडौं । विभिन्न जिल्लामा खाेलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

झापा, दमक नगरपालिका–२ स्थित डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर मोरङ मिक्लाजुङ गाउँपालिका–५ बस्ने २२ वर्षीय मुकेश मगरको बुधबार मृत्यु भएको छ । मुकेश डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।

यस्तै काभ्रे, माहाभारत गाउँपालिका-७ अधेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर पनौती नगरपालिका-१ र्‍याले बस्ने २१ वर्षीय बिनोद श्रेष्ठको बुधबार मृत्यु भएको छ ।

त्यसैगरी धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-३ तुल्सियाही बस्ने जितेन्द्र महतोकी १२ वर्षीया छोरी काजल कुमारी महतोको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर बुधबार मृत्यु भएको छ । पानी भित्रबाट माटो निकाल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया