तास खेलिरहेको अवस्थामा १० जना पक्राउ
२०७७ कार्तिक १३ गते

प्रतिकात्मक तस्वीर
बाँके । नेपाल उपमहानगरपालिका-४ बसपार्कस्थित कृष्ण सुवेदीको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने ४१ वर्षीय सन्तोष थापा लगायत १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ लाख ४८ हजार ७ सय रुपैयाँ र ८ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२०७७ कार्तिक १३ गते
प्रतिक्रिया
सम्बन्धित








