रवि लामिछाने दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने दम्पत्तीलाई कोरोना संक्रमण भएको छ ।

लामिछानेले पीसीआर परीक्षण गर्दा आफू र पत्नी निकीता दुवैलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्चालमार्फत कोरोना देखिएको जानकारी दिँदै आफूहरु दुवैको स्वास्थ्य सामान्य रहेको बताएका छन् ।

उनले लेखेका छन्- ‘गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

प्रतिक्रिया