कार्तिक १२ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक १२ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–द्वादशी,१८ घडी ४७ पला,दिउसो ०१ बजेर ४३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–पूर्वाभाद्रपदा,१२ घडी १७ पला,बिहान ११ बजेर ०७ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग– व्याघात,५५ घडी ०२ पला,रातको ०४ बजेर १३ मिनेट उप्रान्त हर्षण । करण–बालव,दिउसो ०१ बजेर ४३ मिनेट उप्रान्त कौलव,रातको ०२ बजेर ३२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २१ मिनेट । दिनमान २७ घडी ५१ पला । पञ्चक। प्रदोष व्रत।

आजको बार बेला ।
बिहान ०६ बजेर १२ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर १३ मिनेटदेखी बिहान ७ बजेर ३६ मिनेटसम्म अमृत बेला ।
बिहान ७ बजेर ३७ मिनेटदेखी बिहान ९ बजेर ०० मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर ०१ मिनेटदेखी बिहान १० बजेर २३ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर २४ मिनेटदेखी बिहान ११ बजेर ४७ मिनेटसम्म रोग बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखी दिउसो १ बजेर १० मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर ११ मिनेटदेखी दिउसो २ बजेर ३४ मिनेटसम्म चर बेला ।
दिउसो २ बजेर ३५ मिनेटदेखी दिउसो ३ बजेर ५७ मिनेटसम्म लाभ बेला ।
दिउसो ३ बजेर ५८ मिनेटदेखी बेलुकी ६ बजेर ५७ मिनेटसम्म उद्वेग बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ११ बजेर ४६ मिनेटदेखी दिउसो ०१ बजेर १० मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समााचारले मन दुखित तुल्याउनेछ । अन्य काममा व्यास्त रहनाले पढाइ लेखाइमा समय दिन सकिने छैन ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पैत्रिक सम्पत्ति तथा सरकारी धन हात लागि हुने योग रहेकोछ । आम्दानिका स्रोतहरु फराकिला हुनुको साथै आयस्रोतका नयाँ बाटाहरु फेला पार्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र पंतिमा आउनेछ । घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुमधुरता बढेर जानेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट प्रशस्त आम्दानि हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तपाईँबाट राम्रा काम हुनाले पिता,परिवार वा वंशकै मानसम्मान,ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । सन्तानले उन्नति र प्रगति गर्नेछन् । दृढ इच्छाशक्तिका कारण शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुनेछ । गरेको कर्ममा भाग्य थता समयले साथ दिनेछ । कार्यक्षेत्र र बन्दव्यापारको क्षेत्रमा पनि वर्चस्व स्थापना हुने समय हो । सामाजिक गतिविधि, परोपकारी काम र दान धर्ममा समय व्यातित हुनेछ । धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिती रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय तथा परिस्थिती अनुशार नचल्नाले दुःख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा एकअर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खाद्यान्न तथा औषधिजन्य व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् भने प्रविधिको प्रयोग गरि काम गर्न सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा बिश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थले साथ दिने हुँदा शाहसिलो काम गर्न आट आउनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नसक्छ । पारिवारिक समस्याहरू हल हुनेछन् । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा समय व्यातित हुनेछ । कर्मसिद्धिको समय छ । सन्तान पक्षबाट सहयोग हुनेछ भने बंश बृद्धिको योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भैपरि आउने खर्चले चिन्ता बढाउनेछ । बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्यका दृष्टिकोणले समय मध्ययम रहेकोछ । काम तथा व्यापारको लागि कर्जा लिनु पर्ने हुन सक्छ । अवसर तथा रोजगारिको लागी दौडधुप गर्नुपर्ला । आफ्नो मेहनेतको प्रतिफल अरुले हत्याउन खोज्नेछन् । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) महत्वाकांक्षी र स्थिर काम सम्पन्न हुने समय रहेको छ । सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने आजको दिन तपाईंलाई फाइदा हुनेछ । मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाईं भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ । पदोन्नति वा स्तरबृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथसहयोग प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । कुटुम्ब तथा आफन्तहरुले तपाईँको काममा सहयोग गर्नेछन् । थोरै बोलेर प्रशस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । पछिसम्म आम्दानि हुने व्यावसायमा लगानि बढाउन सकिनेछ । अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईँको नाम आउनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ । राजनीति तथा खेलकुदमा समय खर्चिने हरुका लागि समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया