कार्तिक १० गते विजयादशमी, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक १० गते । सोमबार । ईश्वी सन् २०२० अक्टोबर २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–दशमी,१३ घडी ३१ पला,बिहान ११ बजेर १६ मिनेट उप्रान्त एकादशी । नक्षत्र– धनिष्ठा,०४ घडी ३२ पला,बिहान ०८ बजेर ०० मिनेट उप्रान्त शतभिषा । योग–बृद्धि,५५ घडी २२ पला,रातको ०४ बजेर २० मिनेट उप्रान्त धुव्र । करण– गर,बिहान ११ बजेर १६ मिनेट उप्रान्त वणिज,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २२ मिनेट । दिनमान २७ घडी ५८ पला । पञ्चक। विजया दशमी। शारदीय नवरात्र समाप्ति। देवी विसर्जन गर्ने। देवीको प्रसादस्वरूप दशैँको टीका ग्रहण गर्ने । श्री तुलाजा भवानी यात्रा र स्थिरासन। खड्गयात्रा। चालँ। शमी पूजन।
आजको बार बेला ।

बिहान ०६ बजेर ११ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर १२ मिनेटदेखी बिहान ७ बजेर ३५ मिनेटसम्म काल बेला ।
बिहान ७ बजेर ३६ मिनेटदेखी बिहान ८ बजेर ५९ मिनेटसम्म शुभ बेला ।
बिहान ०९ बजेर ०० मिनेटदेखी बिहान १० बजेर २३ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर २४ मिनेटदेखी बिहान ११ बजेर ४७ मिनेटसम्म उद्वेग बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखी दिउसो १ बजेर ११ मिनेटसम्म चर बेला ।
दिउसो १ बजेर १२ मिनेटदेखी दिउसो २ बजेर ३५ मिनेटसम्म लाभ बेला ।
दिउसो २ बजेर ३६ मिनेटदेखी बेलुकी ४ बजेर ५९ मिनेटसम्म अमृत बेला ।
बेलुकी ४ बजेर ०० मिनेटदेखी बेलुकी ६ बजेर ५९ मिनेटसम्म चर बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०७ बजेर ३५ मिनेटदेखी बिहान ०८ बजेर ५९ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भावी जीवन र क्यारियरका निमित्त गम्भीर भएर सोच्ने तथा केही अग्रगामी समुन्नतिका निमित्त सुन्दर योजनाको निर्माण गरिने सकारात्मक संकेत समेत देखिन्छ । प्रविधिको प्रयोग मार्फत घरमै बसेर काम गर्दा लाभ मिल्नेछ । अध्ययनमा प्रविधिको प्रयोग गर्दै निरन्तारता दिन सकिनेछ । अग्रज तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । मातापिताबाट आशिर्वाद प्राप्त हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माता पिता तथा अग्रजबाट आशिर्वाद प्राप्त हुनेछ । समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान प्राप्त हुनेछ । साथी तथा आफन्तसँग भेटघाट हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । जग्गा जमिनको कारोबारबाट केही मात्रामा फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ भने प्रयत्न गर्दा पद प्राप्तीको गतिलो योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ काम पाउने तथा बढुवा हुने योग रहेकोछ । बौद्धिक व्यात्तित्व तथा बिशिष्ट व्याक्ति हरुसँग भेटघाट हुने तथा शुभआशिर्वाद प्राप्त हुनेछ । नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगी आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ । धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ भने धर्म कर्ममा मन जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त,माता पिताबाट शुभ आशिर्वाद प्राप्त हुनेछ । परिवारका साथ सँगै रहेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुने हुनाले हरेक क्षेत्रमा काम गर्न आट आउनेछ । व्यापार व्यावसायमा समय दिदा आम्दानि गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने अग्रजबाट टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो हुनेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । एकल तथा साझेदारी व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रयत्न गर्दा बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । आटेका तथा सोचेका कामहरु समयमा सम्पन्न हुने हुँदा मन प्रशन्न हुनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले हरेक क्षेत्रमा अगाढि बढ्न सकिनेछ । अग्रज तथा मावलि पक्षबाट आशिर्वाद प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय राम्रो रहेकोले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । मातापिता तथा घरका अग्रज सदस्यबाट आशिर्वाद प्राप्त हुनेछ । चिन्तन र उपायले काम गर्न सकिनेछ । व्यावसायबाट नाँफा कमाउन सकिने तथा आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । समाजमा राम्र काम गर्न सकिने हुनाले मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् भने प्रेम र प्रणयतर्फ मन आकर्षण हुनेछ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय हुने योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अग्रज तथा आफन्तबाट शुभ आशिर्वाद प्राप्त हुनेछ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । आमाको धन सम्पती प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । व्यापारबाट मनग्गे धन लाभ हुनेछ । विशेष गरि निर्माण सामाग्र,औषधी र दैनिक उपभोग्य सामानको व्यापारमा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ । चुनौतीका बाबजुद नसोचेको काम सम्पादन गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) छोटो तथा रमाईलो यात्राको तय हुने तथा आफन्त तथा अग्रजबाट आशिर्वाद प्राप्त हुनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नुका साथै नयाँ काम तथा उद्योग शुरु गर्ने समय रहेकोछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुनसुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउदा मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा मातापिताबाट आशिर्वाद तथा सहयोग पाईनेछ । रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । खाद्यान्न,पानि तथा औषधिजन्य व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा मन्दि आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिशिष्ट व्याक्तिहरुसँग भेटघाट हुने तथा शुभ आशिर्वाद प्राप्त हुनेछ । रोकिएर बसेका तथा पुराना कामहरु हल भएर जाने योग रहेकोछ । बिलाशि तथा सुन्दर बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) परिवारका सदस्यसँग भेटघाट भई मिष्ठान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । खानपानमा ध्यान दिुनुहोला स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । हठ गर्ने बानीले समस्या निम्त्याउनेछ भने कमिकम्जोरी ढाकछोप गर्न खोज्दा थप घाटा लाग्नेछ । अग्रज तथा आफन्तबाट टिका तथा आशिर्वाद प्राप्त हुनेछ । तरपनि सरकारि नियमको पालना नगर्दा दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ । काम वा अध्ययनको सवालमा विदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया