जब बेसहारा दिदि बहिनीले पक्की घर पाए

चितवन । चार वटा खाँबो गाडेर त्रिपाल टाँगेर दिन रात काट्दै आएका कालिका नगरपालिका–५ निवासी मुसनी महतो र फोहरी महतोले सोचेका पनि थिएनन पक्की घरमा बस्न पाइन्छ भन्ने । छाप्रोमै जिन्दगी कट्ने अवस्था रहेका उनिहरुले आइतबार नयाँ घर पाए ।

मानसिक र शारीरिक अवस्था कमजोर रहेका ती दिदी बहिनीमा निकै परिबर्तन समेत आएको छ । जब उनिहरुको अबस्थाका बारे सामाजिक अभियन्ताहरुले जानकारी पाए त्यस दिन देखि महतो दिदी बहिनीको जिन्दगीमा परिवर्तन आउने संकेत मिल्यो ।

नभन्दै उनिहरुले छोटो अबधिमा पक्की घर दसैंको टिकाको अघिल्लो दिन उपहार स्वरुप प्राप्त गरे । उनीहरूको बसोबासका लागि बहिनीहरू एतरिया महतो र ठगनी महतोले जग्गा उपलव्ध गराएका हुन् ।

सोही जग्गामा दुई कोठे घर बनाएर उनिहरुलाई हस्तान्तरण गरिएको सिंगो समुहको नेतृत्व गरेका मुरली प्रसाद गजुरेलले बताए । घर निर्माणका लागि देश बिदेशमा बस्ने नेपालीहरुले सहयोग गरेका छन् ।

घर निर्माणका लागि कुल ३ लाख ८२ हजार ८९ रुपैयाँ संकलन भएकोमा २ लाख ९७ हजार ९४६ रुपैयाँ खर्च भएको गजुरेलले बताए । संकलित रकमबाट केही बचत भएकाले सो रकम सामाजिक कार्यमा खर्चने उनले बताए । पारदर्शिताका लागि सहयोग गर्ने दाताहरुको नाम घरको भित्तामा लेखिएको छ ।

नयाँ घर हस्तान्तरण अघि स्वयं ती दिदी बहिनीले रिवन काटेर उद्घाटन गरे भने सिंगो समूहले घरको चाबी हस्तान्तरण गरे । ती दिदी बहिनी ज्यानले सक्ने बेला सम्मअरुको काम गरेर गुजारा चलाउँदै आएका थिए । जब थलिए उनिहरु आफ्नै बहिनीको घरमा शरण लिन पुगे ।

पहिले

महतोका बहिनीहरुले आफ्नै जग्गामा बस्न दिएका थिए । त्यही जग्गामा अस्थायी रुपमा उनिहरुका लागि घर बनाइएको हो । सिंगो समुहमा गजुरेल सहित प्रेम रिमाल, कमल पाठक, लेख बहादुर पुन, असोक न्यौपाने छन् । घर निर्माणमा पत्रकार सन्तकुमार चौधरीले सहजीकरण गरेका थिए ।

सिंगो समुहका सदस्य प्रेम रिमालको अध्यक्षतामा भएको घर हस्तान्तरण कार्यक्रममा सोही वडा अध्यक्ष जिएन महतो, नेपाल बार एशोसिएसन चितवनका अ अध्यक्ष कमल पाठक, गाउँ बेशी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपि किरण शर्मा, पुर्बी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटा, भारत प्रवासी संघ केन्द्रिय सदस्य दुर्गादत्त पौडेल लगायतले मन्तव्य राखेका थिए ।

गजुरेल सहितको टोलीले लकडाउनको अवधिमा मात्रै करिब तीन सय बढी परिवारलाई खाद्यान्न सहयोग गरिसकेका छन् ।

अहिले
प्रतिक्रिया