कार्तिक ९ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक ०९ गते । आईतबार । ईश्वी सन् २०२० अक्टोबर २५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–नवमी,१२ घडी ४६ पला,बिहान ११ बजेर १७ मिनेट उप्रान्त दशमी । नक्षत्र–श्रवण,०२ घडी २८ पला,बिहान ०७ बजेर १० मिनेट उप्रान्त धनिष्ठा । योग–गंड,५६ घडी ५३ पला,रातको ०४ बजेर ५६ मिनेट उप्रान्त बृद्धि । करण–कौलव,बिहान ११ बजेर १७ मिनेट उप्रान्त तैतिल,बेलुकी ११ बजेर २२ मिनेट उप्रान्त गर । आनन्दादिमा–गद योग । चन्द्रराशि–मकर,बेलुकी ०७ बजेर ३१ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २३ मिनेट । दिनमान २८ घडी ०२ पला । शारदीय नवरात्र। महानवमी। मन्वादि। स्याक्वत्याक्व। बौद्धावतार। धनिष्ठा पञ्चक बेलुकी ०७ बजेर ३१ मिनेटमा प्रारम्भ।

आजको बार बेला ।
बिहान ०६ बजेर १० मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ११ मिनेटदेखी बिहान ७ बजेर ३५ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ३६ मिनेटदेखी बिहान ८ बजेर ५९ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर ०० मिनेटदेखी बिहान १० बजेर २३ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर २४ मिनेटदेखी बिहान ११ बजेर ४७ मिनेटसम्म काल बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखी दिउसो १ बजेर ११ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर १२ मिनेटदेखी दिउसो २ बजेर ३५ मिनेटसम्म रोग बेला ।
दिउसो २ बजेर ३६ मिनेटदेखी बेलुकी ३ बजेर ५९ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ४ बजेर ०० मिनेटदेखी बेलुकी ६ बजेर ५९ मिनेटसम्म शुभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०३ बजेर ५९ मिनेटदेखी बेलुकी ०५ बजेर २३ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आट तथा पराक्रम गरि काम गर्नाले सफल हुने समय रहेकोछ । दिगो वा दिर्घकालिन काम प्रारम्भ गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्ने तथा राजनीतिमा लाग्नेहरुले पद पाउने योग रहेकोछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले मान–सम्मानमा बृद्धि हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । अरूको काममा समय व्यातित भएपनि फाइदा आफैंलाई हुनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । फाईदा हुने काम वा जिम्मेवारी तपाईँको काधमा आउनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्य वा समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुराना थाति रहेका कामहरु समयमा नै सकाएर आर्थिक अवस्था मजभुत बनाउन सकिनेछ । आफन्त तथा दिदि बहिनीको सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । भौतिक बस्तुको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाईने योग रहेकोछ । बोलिकै माध्ययमबाट धेरै कामहरु गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) फाईदाको स्रोत पहिचान गरि व्यापारमा लगानी गर्दा पछिसम्म आम्दानी भईरहनेछ । काम गर्नको लागी औजार तथा प्रविधि सहजै जुटाउन सकिनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानी गर्नेहरुका लागी आजको दिन शुभ रहनेछ । धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवन आनन्दमय रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । मनोरञ्जनात्मक पुस्तक अध्ययन गर्न पाईने हुनाले दिन उल्लासमय रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) उद्योग तथा बन्द व्यापारमा समय लगानी गरि सामान्य धन आर्जन गर्न सकिनेछ । विशेष गरि औषधीजन्य,खाद्यान्न र निर्माण सामाग्री सम्बन्धीत पेशा व्यावासायमा समय खर्चनेहरुले धन सम्पती आर्जन गर्न सकिनेछ । राज्यलाई सामान सप्लाई तथा राज्यको नजिक भई काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । अध्ययनमा प्रविधिको प्रयोग गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भाइबहिनी र छोराछोरीका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । उन्नति, प्रगति र शैक्षिक क्षेत्रमा ध्यान जानेछ । भौतिक स्रोत साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउन सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात पर्नेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउदा मन हर्सित हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा आफन्तहरुबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने जागर आउनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईकै नाम आउनेछ । माया प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । व्यापार व्यावसायमा थोरै समय लगानि मनग्गे आम्दानि हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । कुटुम्ब तथा आफन्तहरु बीचको सम्बन्ध सौहार्दपूर्ण रहनेछ भने तपाईबाट राम्रा काम हुने हुनाले सम्मान प्राप्त हुनेछ । संगित एवमं साहित्यमा रुचि जाग्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायबाट लाभ मिल्ने तथा आर्थिक क्रिर्याकलापमा सोचे अनुरुप नै फाईदा हुनेछ । राज्यको मेकानिजम भित्र बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । शुभ कार्य तथा धार्मिक काममा मन जानेछ । राजनीति तथा सामाजिक काममा जनताको समर्थन प्राप्त हुनेछ । मन मिल्ने साथिका साथ प्रविधिको प्रयोग गरि आफ्ना भावना साटासाट गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बिदेशमा बसेर धन कमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अग्रज तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउन सकिनेछ । दान र सहयोग गर्न मन लाग्ने हुँदा केहि रकम खर्च हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्राकृतिक स्रोत तथा साथनको कारोबारबाट मनग्गे आम्दानि हुनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । दाजुभाई तथा आफन्तबाट भनेजस्ते सहयोग प्राप्त हुनाले काम गर्न थप सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बीचको सम्बन्ध झन कसिलो भएर जानेछ । अध्यानमा प्रगति गर्न सकिने हुनाले गुरुवर्गहरु खुसि हुनेछन् । सरकारि धन तथा पैत्रिक धन सम्पत्ती हात लाग्ने योग रहेकोछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया