दशैँ मनाउन कैदीबन्दीलाई खसी

कञ्‍चनपुर । कञ्‍चनपुर कारागारमा रहेका कैदीबन्दीलाई दसैँ मनाउन खसी उपलब्‍ध गराइएको छ । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो ।

कैदीबन्दीले दसैँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ । गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि खसी उपलब्ध गराइएको बताए ।

यसैगरी नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गरेका छन् । कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी छन् । -रासस

प्रतिक्रिया