विश्वमा ३ करोड १४ लाखभन्दा धेरैले जिते कोरोना, कति पुगे संक्रमित र मृतक ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ३ करोड १४ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड १४ लाख २३ हजार ३६ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ लाख ४९ हजार १४२ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ४ करोड २४ लाख ६९ हजार ९५० छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख २९ हजार २८४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ८७ लाख ४६ हजार ९५३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८१ हजार २१० भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ९०३ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १७ हजार ९५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ६५६ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार २८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७८ लाख १३ हजार ६६८ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५३ लाख ५५ हजार ६५० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५६६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ५६ हजार ५२८पुगेको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया