चेन्नईलाई १० विकेटले हराउँदै मुम्बई शीर्ष स्थानमा

काठमाडौं । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा गएराति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नईले दिएको ११५ रनको लक्ष्य पछाएको मुम्बईले १२.२ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पू रा गरेको छ । मुम्बईका लागि इशान किशनले ३७ बलमा ६८ रन बनाए भने क्वेंटन डिककले अविजित ४६ रन बनाए । यस खेलमा मुम्बुका नियमित कप्तान इन्जुरीका कारण खेलेका थिएनन् भने मुम्बईको कप्तानी केरान पोलार्डले गरेका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउदै ११४ रन बनाएको थियो । चेन्नईका लागि साम करनले सर्बाधिक ५२ रन बनाएका थिए भने महेन्द्र सिंह धोनीले १६, इमरान ताहिरले अविजित १३ तथा श्रदुल ठाकुरले ११ रन बनाएका थिए ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेकन । रुतुराज गायकवाड शुन्य, फाफ डुप्लेसिस १, अम्बाती रायडू २, नारायण जगदिशन शुन्य, रविन्द्र जेदेजा ७, दिपक चहर ० र इमरान ताहिरले ७ रन बनाए ।

मुम्बईका बलरले उत्कृष्ट बलिङ गरेका थिए । मुम्बईका लागि ट्रेन्ट बोल्टले ४ओभरमा एक मेडनसहित १८ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै जसप्रित बमराह र राहुल चहरले २-२ विकेट लिए भने नाथन कोल्टर नीलले एक विकेट लिएका थिए ।

यो जितसँगै मुम्बई अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई १० खेलमा सातौ जित हासिल गर्दै १४ अंकसहित रनरेटको आधारमा शीर्ष स्थानमा पुगेको छ । चेन्नईले भने ११ खेलमा ६ अंक जोडेको छ । पुछारमा रहेको चेन्नईको यो आठौं हार हो ।

प्रतिक्रिया