कार्तिक ८ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक ०८ गते । शनिबार । ईश्वी सन् २०२० अक्टोबर २४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–अष्टमी,१३ घडी १८ पला,बिहान ११ बजेर २९ मिनेट उप्रान्त नवमी । नक्षत्र–उत्तराषाढा,०१ घडी ३९ पला,बिहान ०६ बजेर ५० मिनेट उप्रान्त श्रवण । योग–धृति,०२ घडी ५२ पला,बिहान ०७ बजेर २९ मिनेट उप्रान्त शूल । करण–बव,बिहान ११ बजेर २९ मिनेट उप्रान्त बालव,बेलुकी ११ बजेर १९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २४ मिनेट । दिनमान २८ घडी ०६ पला । शारदीय नवरात्र। अष्टमी, महाअष्टमी व्रत। कालरात्रि। गोरखकाली पूजा (कुलछिभ्वय)। संयुक्त राष्ट्रसंघ दिवस।

आजको बार बेला ।
बिहान ०६ बजेर १० मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ११ मिनेटदेखी बिहान ७ बजेर ३४ मिनेटसम्म शुभ बेला ।
बिहान ७ बजेर ३५ मिनेटदेखी बिहान ८ बजेर ५८ मिनेटसम्म रोग बेला ।
बिहान ८ बजेर ५९ मिनेटदेखी बिहान १० बजेर २३ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर २४ मिनेटदेखी बिहान ११ बजेर ४७ मिनेटसम्म चर बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखी दिउसो १ बजेर ११ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर १२ मिनेटदेखी दिउसो २ बजेर ३६ मिनेटसम्म अमृत बेला ।
दिउसो २ बजेर ३७ मिनेटदेखी बेलुकी ४ बजेर ०० मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ०१ मिनेटदेखी बेलुकी ७ बजेर ०० मिनेटसम्म लाभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०८ बजेर ५८ मिनेटदेखी बिहान १० बजेर २२ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नति हुने समय रहेको छ । साथिभाई तथा आफन्तसँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनीति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धार्मिक र सामाजिक काममा समय व्यातित हुँदा मन प्रशन्न हुनेछ । अध्ययनमा मन जाने तथा दार्शनिक विषयवस्तुमा मन केन्द्रित हुनेछ । व्यावसायमा समय लगानि गरि लाभ लिन सकिनेछ भने लगानीका क्रममा जान्ने बुझ्ने र अनुभवीहरुको राय लिनु राम्रो हुनेछ । खानपिनका परिकार प्राप्त हुने तथा परिवारका साथ रमाईलो वातावरणमा दिन व्यातित गर्न सकिनेछ । छोटो दुरिको यात्राको तय गर्न सकिनेछ तथा घर फिताको साईत जुर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ ज्ञान सिक्ने अवसर जुर्नेछ भने खोज तथा अनुशन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात पर्नेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । उद्योग धन्दामा सफलता प्राप्त हुनेछ भने आर्थिक समस्या समाधान भएर जानेछ । ऋण, रोग तथा शत्रुबाट छुटकरा मिल्ने समय रहेकोछ भने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । परिवारका साथ मिठो मसिनो भोजन गर्दै समय व्यातित हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) जीवनसाथीसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने यात्रामा क्रममा मनमोहक दृष्यहरु कैद गर्न सकिनेछ । पारिवार तथा आफन्तका साथ भेटघाट हुने तथा मिष्ठान्न भोजनमा साथ दिन कटाउन सकिनेछ । भौतिक सम्पती तथा मानव निर्मित बस्तुहरु हात लाग्नेछ । व्यापारमा थोरै समय दिदा पनि प्रशस्त नाँफा हुने योग रहेकोछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्नेछ । बिभिन्न स्रोत साधन जुट्नाले उद्योग तथा व्यापारमाबाट राम्रै फाईदा हुनेछ । प्रविधिको प्रयोग गरि आफुलाई समयसापेक्ष अपडेट राख्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सत्रु परास्त हने तथा पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । व्यापार व्यापार फस्टाएर जाने हुनाले भने जस्तो आम्दानि गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरु भन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । निर्माण सामाग्री तथा उत्पादनमुखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आँटले गर्नाले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । आफन्तबाट सुखद समाचार सुन्न पाईने हुनाले दिन उत्साहपूर्वक बित्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । अन्य व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ लिन सकिनेछ । सन्तान वा अनुयायीको साथले राम्रा तथा फाईदा मुलक काम गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घर जग्गा तथा सवारि साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय खर्चिनेहरुले पनि राम्रो रुपैया पैसा कमाउन सक्नेछन् । अध्ययन तथा अध्यापनमामा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । आमा वा आमा सरहका मानिसबाट तपाईको काममा सहयोग तथा समर्थन रहनेछ भने समाजसेवामा जनताको भनेजस्तो सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउदा मन हर्सित हुनेछ । दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछ भने सत्रु परास्त हुनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तसँग बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भौतिक तथा विलाशी बस्तु प्राप्तीको योग रहेकोछ । कुनै नयाँ ठाउमा लगानीको वातावरण बनाउन सकिनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता बढ्नेछ । पारिवारिक माहोलामा जमघट् भई मिष्ठान्न भोजन तथा परिकार ग्रहण गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा प्रविधिको सहयोग लिदै निरन्तरता दिन सकिनेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राम्रा काम गर्न सकिने हुनाले सामाजिक नेतृत्व हात लागी हुने योग रहेकोछ । काममा विशिष्ट व्याक्तिहरुको सहयोग रहनेछ । पढाइ लेखाइलाई सुधार गर्दै वौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ । प्रियजन भेट हुनुका साथै भौतिक बस्तु उपाहारको रुपमा प्राप्त हुनेछ । बोलीको भरमा चिताएका काम सम्पादन हुने हुनाले आर्थिक रुपमा सुदृड हुन सकिनेछ । राजनीति तथा समाजसेवा गर्नेहरुले जनताको सहयोग पाउने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेकोछ । टाडाबाट घर फिर्ताको गतिलो योग रहेकोछ । तरपनि अन्य काममा व्यास्त हुनुपर्दा पढाइ लेखाइमा तपाईको उपस्थिति कमजोर रहनेछ । आफन्त तथा अरुको लागि समय दिनुपर्दा आफ्नो काम थाति रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक जीवन सुखद रहनेछ भने घरपरिवारका सदस्य,मित्र,नातागोता माझ सम्बन्ध सुदृड हुनेछ । राम्रा काम गर्न सकिने हुनाले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । छोटो दुरिको यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछ । थोरै मेहनेत गर्दापनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ । ललितकला,संगित एवम साहित्यमा रुचि बढ्नेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिने समय रहेकोछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया