मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

सिद्धार्थ बैंकद्वारा मनमोहन स्मृति सामुदायिक अस्पताललाई १ लाख ३० हजार सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले फर्पिङस्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई रू १ लाख ३० हजार सहयोग प्रदान गरेको छ ।

सो रकम बैंकका हेड अफ सर्कल अफिस, कुमारीपाटीको ज्ञानेन्द्र महर्जनले मनमोहन स्मृति सामुदायिक अस्पतालका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर शाहीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त रकम मनमोहन स्मृति सामुदायिक अस्पतालले बिरामी कुरुवा बेड खरिद गरी कुरुवा मैत्री अस्पताल बनाउनका लागि उपयोग गर्ने छ ।

उक्त सहयोगबाट अस्पतालका बिरामी तथा बिरामी कुरुवालाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने छ ।

 

 

प्रतिकृयाहरु
Loading...