बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

मुख्यमन्त्री सहित उनको धर्मपत्नीलाई समेत संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दहालले जानकारी दिए । केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि उनी सुरक्षाविधि अपनाएर होम आइसोलेशनमा रहेका छन् ।

मुख्यमन्त्री सहित मुख्यमन्त्रीका धर्मपत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा आज कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको प्रेस सल्लाहकार दहालले बताए ।

प्रतिक्रिया