काठमाडाैं उपत्यकामा थपिए १, ५५२ संक्रमित, थप २१ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५५२ संक्रमित थपिएका छन् ।

काठमाडाैंमा १ हजार २८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ संक्रमित थपिएका हुन् ।

बिहीबार देशभर ३ हजार ६३७ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३ हजार २१५ जना डिस्चार्ज भइसकेका छन् ।

यस्तै पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट थप २१ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृतक संख्या ८१२ पुगेकाे छ ।

प्रतिक्रिया