उर्जामन्त्रीका सवारी चालकमा देखियाे काेराेना, मन्त्री पुन आइसोलेसनमा

काठमाडाैं । उर्जा, सिँचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन हाेम आइसोलेसनमा बसेका छन् । आफ्नो सवारी चालकमा काेराेना संक्रमण देखिएपछि उनी परिवारसहित पुल्चोकस्थित मन्त्री क्वाटरमा आइसोलेसनमा बसेका हुन् ।

मन्त्री पुन यसवर्षको दसैँमा आफ्नो निर्वाचन क्षेत्र रोल्पा जाने तयारीमा थिए । चालकमा काेराेना देखिएपछि उनले जिल्ला जाने कार्यक्रम पनि स्थगित गरेका छन् । उनी आफू र परिवारमा काेराेना भए/नभएकाे परीक्षण गराउने तयारीमा जुटेका छन् ।

यसअघि पनि उनका अंगरक्षकलाई काेराेना पुष्टि भएपछि मन्त्री पुन आइसोलेसनमा बसेका थिए ।

प्रतिक्रिया