चाडपर्वमा हुनसक्ने आपराधिक घटना रोक्न ‘मोरङ प्रहरी’ सक्रिय

विराटनगर । नजिकिदै गरेको नेपालीहरुको महानचाँड दशै, तिहार र छठ पर्वमा हुनसक्ने सम्भावित जोखिमलाई लक्षित गर्दै मोरङ प्रहरीले विभिन्न सुरक्षाका रणनिति ल्याएको छ ।

चाडपर्व मनाउँन देश, परदेशका विभिन्न स्थानबाट आफ्नो गाँउघर आउने हुँदा बहुल्य गहरगहना लगुटपात हुने, गुण्डागर्दी, चोरी डकैती, यात्रु ठगिनसक्ने, अवैध भन्सार छली, चोरी डकैती जस्ता अपराधिक कृयाकलाप हुनसक्ने भएकाले यस्ता किसिमका अपराध नियन्त्रण तथा रोकथामका लागि मोरङ प्रहरीले विभिन्न सुरक्षाका रणनितिहरु ल्याएको हो ।

चाडपर्वमा हुनसक्ने अपराधिक कृयाकलापहरुको रोकथाम तथा नियन्त्रणका लागि क्युआरटी मोटरसाइकल, गाडी मोबाइल जस्ता सुरक्षाको व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिए ।

‘कोरोना भाईरस कोभिड-१९ ले विश्व नै आक्रान्त भएको अवस्था छ, यसैबीच भित्रिदै गरेको ठूला पर्वमा मठमन्दिरमा भिडभाड हुन्छ, बैंक वित्तिय संस्थाहरु भिडभाड हुन्छ यस्ता भिडभाड हुने स्थानहरुमा थप सुरक्षाको व्यवस्थापन गरेका छौ,’ उनले भने, ‘सार्वजनिक यात्रा गर्दा यात्रुहरु ठगिन सक्छन्, त्यसका लागि विभिन्न स्थानको वसपार्कमा यात्रु सहायता कक्ष व्यवस्था गरेका छौ ।’

चाडर्वको समय सिमा नाकाबाट हुने अवैध भन्सार छली पटाका, विष्फोटक पदार्थ साथै अन्य सामानहरुको निरन्तर सूचना संकलन गरी आयात र प्रयोगलाई पूर्णतया नियन्त्रण गर्ने साथै खाद्यन्न अत्यावश्यक वस्तुहरु कृतिम अभाव हुन नदिन अनुगमन गरी सहज आपुर्तिको व्यवस्था गर्ने सुरक्षा योजना रहेको एसपी खड्काले बताए ।

उनले भने, ‘पशुपक्षी बजार, मासु बिक्रि वितरण हुने स्थानहरुमा अनुगमन गर्ने र चाडपर्वको मौका छोपेर चिठठा चन्दा, गैह्रकानूनी रकम असुली तथा गुण्डा गर्दी जस्ता अपराधिक कृयाकलाप बढ्न सक्छ यस्ता कृयाकलापको नियन्त्रण गर्न साथै चाडपर्वमा हुने सामाजिक विसंगती रोक्न कडाई सुरक्षा व्यवस्था गर्ने छौ ।’

विश्वमहामारीको रुपमा फैलिएका कोरोना भाइरस कोभिड-१९ लाई मध्यनजर गरेर मेला, हाटबजार, उत्सव, खेलकुद जस्ता भिडभाड, जमघट हुन सक्ने कृयाकलापहरु गर्न नदिने एसपी खड्काको भनाई छ ।

प्रतिक्रिया