एटलेटिको म्याड्रिडको लज्जास्पद हार, बायर्न ४-० ले विजयी

काठमाडौं । डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा सानदार सुरुवात गरेको छ । बायर्नले घरेलु मैदानमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि ४–० को सानदार जितसहित सुखद सुरुवात गरेको हो ।

बायर्नको जितमा किंग्सले कोम्यानले दुई गोल गरे भने लेओन गोरे ज्टका र केरेलिन टोलिस्सोले एक एक गोल गरेका थिए । पहिलो र दोस्रो हाफमा समान २–२ गोल भएको थियो ।

च्याम्पियन्स लिगको समुह ए मै रहेका लोकोमोटिभ मोक्स र आरबी स्लजबर्गबीचको खेल भने बराबरीमा सकिएपछि एक एक अंक बाडेका छन् । अब बायर्नले अर्को खेल अक्टोबर २७ मा लोकोमोटिभविरुद्ध खेल्ने छ भने एटलेटिकोले अक्टोबर २८ मा आरबी स्लजबर्गसँग खेल्ने छ ।

प्रतिक्रिया