च्यापियन्स लिग : घरेलु मैदानमा रियल मड्रिड पराजित

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको पहिलो खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड पराजित भएको छ । गएराति भएको पहिलो खेलमा मड्रिड शाख्तर डोनेस्कसँग ३–२ ले पराजित भएको हो ।

घरेलु मैदानमै पराजयबाट लिगको सुरुवात गरेको रियलले तीन गोल खाएको हो । रियलका लागि राफायल भरानेको आत्मघाती गोल महंगो सावित भयो । खेलको २९ औं मिनेटमा रियलमाथि शाख्तरका टेटेले गोल गर्दै टिमलाई आग्रता दिलाएका थिए । त्यसको चार मिनेट अर्थात् खेलको ३३ औं मिनेटमा भरानेले आत्मघाती गोल गर्दा रियल २–० ले पछि पर्यो ।

खेलको ३३ औं मिनेटमै २–० ले अगाडि रहेको शाख्तर उच्च मनोबलका साथ रियलमाथि हाबी भयो । ४२ मिनेटमा मानोर सोलोमोनले गोल गर्दै शाख्तरलाई ३–० अन्तरमा पुर्याए । पहिलो हाफमै ३–० गोल अन्तरमा रहेको रियलका लागि दोस्रो हाफ सान्त्वना गोल फर्काउनबाहेक उपलब्धिमुलक बन्न सकेन ।

दोस्रो हाफमा तनावका साथ मैदान उत्रिएको रियलका लागि ५४ मिनेटमा लुका मोड्रिचले सान्त्वना गोल गरे । सान्त्वना गोलले उत्साहित बनेको रियलका लागि अर्को गोल ५९ मिनेटमा मिनिसियस जुनियरले गरे । खेलको ६० मिनेट पुग्दा ३–२ को अन्तर बनाए पनि त्यसपछि रियलले गोल गर्न नसक्दा पराजय भोग्नु परेको हो ।

पहिलो जितसँगै शाख्तरले तीन अंक जोडेको छ । लिग अन्तर्गत समूह ‘ए’का अन्य खेलमा साल्जवर्ग र लोकमोटिभ मस्कोले २–२ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया