नबिल बैंकका अध्यक्ष पौड्यालले लिए शपथ ग्रहण

काठमाडौं । नबिल बैंकको नव नियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण लिएका छन् । नव नियुक्त अध्यक्षलाई आज (२०७७ कार्तिक ५ गते) आयोजित एक भर्चुअल समारोह बीच नेपाल राष्ट्र बैंकक गभर्नर माहा प्रसाद अधिकारीले शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो ।

२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल २०७७ आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका थिए ।

प्रतिक्रिया