दरबार हाई स्कुलको उद्घाटनमा पत्रकारलाई किन लगाइयाे राेक ?

काठमाडाैं । दरबार हाइस्कुलको उद्घाटन कार्यक्रममा पत्रकारलाई प्रवेशमा राेक लगाइएकाे छ ।

रानीपाेखरी उद्घाटनपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम थियो । तर त्यहाँ पत्रकारलाई सहभागी हुन दिइएन । यद्यपी सरकारी मिडियालाई भने भित्र जान दिइएको थियो ।

भित्र प्रवेश गर्न नपाएका पत्रकारहरूले भने बाहिरैबाट तस्विर खिचेका थिए ।

दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी चीनको सहयोगमा भएको हो । क्षतिग्रस्त भवन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०७५ साउनबाट निर्माण शुरु भएको थियो । २० महिनामा सक्ने लक्ष्य राखेर शुरु भएको पुनर्निर्माण १६ महिनामा नै सकिएको थियाे ।

प्रतिक्रिया