गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना कोषमा

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूकाे चाडपर्व भत्ता  गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएकाे छ ।

गण्डकी प्रदेश सरकारकाे मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

काेराेना महामारीका बेला सांसद तथा मन्त्रीले दशैं भत्ता लिएकाे भन्दै सामाजिक सञ्जालमा विराेध उठेकेा थियाे । भत्ताकाे आलोचना भएपछि सांसद तथा मन्त्रीहरूले धमाधम भत्ता बापतकाे रकम फिर्ता गरिरहेका छन् ।

प्रतिक्रिया