राष्ट्रपति भण्डारीद्वारा ऐतिहासिक रानीपोखरीको उद्घाटन
२०७७ कार्तिक ५ गते

पुनर्निर्मित रानी पोखरी र दरबार हाईस्कुलको समुद्घाटन समारोह तस्विर : राजन काफ्ले
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ काे भूकम्पले तहसनहस बनाएपछि पुनर्निर्माण गरिएकाे ऐतिहासिक रानीपाेखरीकाे उद्घाटन गरेकी छिन् । राष्ट्रपति भण्डारीले विशेष कार्यक्रमकाबिच बुधबार रानीपोखरीको उद्घाटन गरेकी हुन् ।
२०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । यो वर्षको वैशाख १२ गते नै उद्घाटन गर्ने भनिएको थियो तर विभिन्न विवादका कारण पुनर्निर्माणमा ढिलासुस्ती हुँदा यो हुन सकेन ।
शिलान्यास भएको करिब ५ वर्षपछि मात्र रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको हो । रानीपाेखरीका सम्पदा, मन्दिर पुरानै ग्रन्थकुट (शिखर) शैलीमा पुनःनिर्माण गरिएकाे छ ।
२०७७ कार्तिक ५ गते
प्रतिक्रिया
सम्बन्धित








