असई र जवान हत्या प्रकरण : थप एक अभियुक्त पक्राउ

काठमाडौं । कैलालीमा नेपाल प्रहरीका असई गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्‍न रहेका अर्का एक अभियुक्त पक्राउ परेका छन् ।

प्रहरीको विशेष टोलीले गएराति कैलालीको जुगेडाबाट रोहित राना (ख) लाई पक्राउ गरेको हो । यसअघि हत्या आरोपमा प्रहरीले सात जना अभियुक्तलाई मंगलबार नै सार्वजनिक गरिसकेकाे छ ।

यसअघि प्रहरीले सार्वजनिक गरेका आरोपीमा धनगढी उप-महानगरपालिका १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल रानालाई प्रहरीले सार्वजनिक गरेकाे हाे ।

भारत लैजाँदै गरेकाे केराउ राेकेका कारण हत्या गरेकाे अभिुक्तले बताएका थिए ।

शनिबार गस्तीमा हिँडेका असई विकको हिजाे आइतबार बिहान नजिकैको मोहना नदीमा शव फेला परेको थियो । प्रहरी अनुसन्धानका क्रममा घाँटीमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको खुुलेको थियाे ।

नदी पारि भारतीय क्षेत्रबाट अवैध रुपमा मालसामान भित्रिने गरेको छ । अवैध रुपमा सामान भित्र्याउने समूहले विकको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । मृतक विकको कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिकाका हुन् । विकसँगै गस्तीमा हिँडेका सोही कार्यालयका प्रहरी हवल्दार रामबहादुर साउदकाे भने मंगलबार बिहान मात्रै शव भेटिएकाे थियाे ।

प्रतिक्रिया