वसन्त चौधरीलाई कोरोना संक्रमण

काठमाडौं । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

पीसीआर परीक्षण गर्दा आफूमा कोरोना संक्रमण देखिएको उनले सामाजिक सञ्जाल ट्वीटरबाट जानकारी गराएका हुन् ।

आफूमा काेराेना संक्रमणकाे लक्षण समेत देखिएकाे उनले बताएका छन् । अहिले उनी हाेम आइसोलेसनमा छन् ।

साथै उनले पछिल्लो केही दिन यता आफ्नो सम्पर्कमा आएकाहरूलाई परीक्षण गर्न र सावधान अपनाउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया