काेराेना संक्रमित हुने प्रहरीकाे संख्या ५६५१ पुग्यो

काठमाडाैं । पछिल्लाे समय नेपालमा काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे संख्या बढीरहेकाे छ । मंगलबार मात्रै ३ हजार ९३ संक्रमित थपिएका थिए । काठमाडाैं उपत्यकामा जाेखिम अझै बढी छ ।

यस्ताेमा अग्रपंक्तिमा खटिएका प्रहरीहरू संक्रमित हुने क्रम पनि बढेकाे छ । हालसम्म काेराेना संक्रमित प्रहरीकाे संख्या ५ हजार ६५१ पुगेकाे छ । संक्रमितमध्ये ३ हजार ४५७ जना डिस्चार्ज भएका छन् । २ हजार १९४ जना सक्रिय संक्रमित रहेकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

अन्य प्रदेशकाे तुलनामा गण्डकीमा धेरै प्रहरी संक्रमित छन् । प्रदेश १ मा १७०, प्रदेश २ मा ८१, वाग्मती प्रदेशमा १८१, गण्डकी प्रदेशमा २१६, लुम्बिनी प्रदेशमा २०१, कर्णाली प्रदेशमा ५३ र सुदूरपश्चिम प्रदेशमा १२२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया