काठमाडाैं उपत्यकामा थपिए १ हजार ७०२ संक्रमित, थप ८ जनाकाे मृत्यु

काठमाडौं । मंगलबार एकैदिन काठमाडौं उपत्यकामा १ हजार ७०२ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा १ हजार ४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर ३०९३ संक्रमित थपिएका छन् भने २१०८ जना डिस्चार्ज भएका छन् । थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित संख्या एक लाख ३९ हजार १२९ पुगेको छ । संक्रमितमध्ये ९६ हजार ६०९ जना डिस्चार्ज भइसकेका छन् । मृतक संख्या ७६५ पुगेको छ ।

प्रतिक्रिया