दशैंमा ५ दिन सबै बैंक बन्द हुने, ग्राहकलाई डिजिटल बैंकिङ प्रयोग गर्न आग्रह

काठमाडौँ । दशैंमा ५ दिन सबै बैंकहरू बन्द हुने भएका छन् । सबै बैंकका शाखाहरु कात्तिक ७ गतेदेखि ११ गतेसम्म बन्द हुने भएका हुन् । नेपाल बैंकर्स संघ (एनबीए) ले सूचना प्रकाशित गरी दशैँ बिदामा ५ दिन सबै बैंकका शाखा बन्द हुने जानकारी गराएकाे हाे ।

बैंकका शाखा बन्द भएपनि ग्राहकले भने डिजिटल बैंकिङ र एटीएमबाट सेवा लिन सक्ने छन् । बैंकका कर्मचारीमा पनि कोरोना संक्रमणको दर बढ्दै गएकाले संक्रमणबाट बच्न र जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न पनि संघले अनुरोध गरेको छ ।

प्रतिक्रिया